मोरङ : मोरङको लेटाङमा बुधबार साँझ खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लेटाङ नगरपालिका–१ अमलबोटेका अन्दाजी ७५ वर्षीय बुद्धवीर तामाङ र लेटाङ–२ किराँत चोक निवासी ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङ रहेका छन्।
मोरङ प्रहरीका अनुसार बुधबार साँझ करिब ५ः३० बजे लेटाङ बजारबाट घरतर्फ फर्कने क्रममा लेटाङ–६ लामिटारस्थित बगुवा भन्ने ठाउँमा चिसाङ खोला तर्दै गर्दा दुवै जनालाई खोलाले बगाएको हो।
प्रहरीका अनुसार दुवै जना एकैपटक खोला तर्ने क्रममा बेपत्ता भएका थिए।
खोजीका क्रममा करिब ८ सय मिटर तल स्थानीयले तामाङलाई उद्धार गर्दा नै उनको मृत्यु भइसकेको थियो। त्यस्तै, करिब ९ सय मिटर तल खोलाको बीच भागमा घिसिङको शव फेला परेको हो।
घटनापछि इलाका प्रहरी कार्यालय लेटाङले कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post