इनरुवा : सुनसरीको बर्जु गाउँपालिका–४ मा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सितागंज र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले शनिबार साँझ चेकजाँच गर्ने क्रममा शान्तिवन चोकदेखि करिब १०० मिटर पूर्वतर्फ धान खेतमा लुकाइएका दुई बोरामा प्याक गरिएको अवस्थामा ७५ केजी गाँजा फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा पानीले भिजेको अवस्थामा खेतभित्र फेला परेको हो।
बरामद सामाग्रीलाई कानून बमोजिम नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post