विराटनगर स् विराटनगर महानगरपालिका–६, झरना चोकमा शनिबार गाई बोकेको पिकअप गाडी पल्टिँदा एक गाईको मृत्यु भएको छ।
जतुवाबाट इक्राहीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च १२६८ नम्बरको पिकअप गाडी प्लास्टिकको झोलामा चिप्लिएर अनियन्त्रित भई नहरमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्।
गाडीमा क्षमताभन्दा बढी गाई लोड गरिएको थियो।
दुर्घटनाका बेला गाडीमा चालकसहित इक्राहीका किसान फकनलाल पाल र एक बालिका सवार थिए।
पालले दुई गाई र दुई बाचाबाछीसहित गाईबस्तु खरिद गरेर घरतर्फ ल्याउँदै गर्दा दुर्घटना भएको बताएका छन्।
दुर्घटनापछि स्थानीयवासीले उद्धारमा सहयोग गरेका थिए।
पछि विराटनगर–६ का वडाध्यक्ष हरिशचन्द्र सहनीको समन्वयमा महानगरको डोजरमार्फत गाडी र गाईलाई निकालेर प्रहरीको जिम्मा लगाइएको छ।














Discussion about this post