भोजपुर : भोजपुर जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा आफैँ उम्रिएका र गाँजा खेती गरेका करिब आठ हजार बोट तथा बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सञ्चालन गरिरहेको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत जिल्लाभर अवैध रूपमा लगाइएका तथा डाँडा–पाखामा आफैँ उम्रिएका गाँजाका बोट नष्ट गर्ने कार्यलाई तीव्र बनाइएको हो।
इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएका प्रहरी टोलीले हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाका विभिन्न वडामा करिब ४३ रोपनी क्षेत्रफलमा फैलिएका ४ हजार २ सय बोट र ३ हजार ८ सय बेर्ना फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रहरीका अनुसार गाँजाका बोट तथा बेर्ना फडानीलाई निरन्तरता दिइनेछ।














Discussion about this post