Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

झुम्का कारागारमा फेरि एक कैदीको मृत्यु, १५ दिनमै चार जनाले गुमाए ज्यान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८२
in टाकुरा विशेष, समाचार
0
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
148
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीस्थित झुम्का कारागारमा पछिल्ला १५ दिनमा चार कैदीको मृत्यु भएको छ। ज्वरो र अन्य स्वास्थ्य समस्याका कारण दर्जनौँ कैदी बिरामी परेका छन्।

बुधबार साँझ सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जबरजस्ती करणी मुद्दामा पुर्पक्ष कैदी रहेका यादवलाई ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या भएको थियो।

यसअघि भदौ ४ गते भोजपुरका २८ वर्षीय विकास राई, भदौ १५ गते सुनसरीको गढी–६ का ४८ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान–१० का २४ वर्षीय सागर राईको मृत्यु भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार बिहीबार बिहानको राति १ बजेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला अस्पताल इनरुवा, प्रहरी अस्पताल र बेदान्त अस्पतालका २२ जना चिकित्सकले तीन सय ५३ कैदीको स्वास्थ्य परीक्षण गरेका छन्।

रगतकाे नमुना संकलन गरी थप परीक्षण भइरहेको छ।

‘मध्यराति १ बजेसम्म स्वास्थ्य जाँच गरी औषधी पनि दिइएको छ,’ उनले भने, ‘पछिल्लो समय ज्वरोकै कारण धेरै बिरामी परेको प्रारम्भिक बुझिएको छ ।’

तिम्सिनाका अनुसार अहिले नेपाल प्रहरी अस्पतालको एम्बुलेन्स र चिकित्सकसहित ‘स्ेटन बाइ’ रहेका छन् ।

‘सुरु–सुरुमा स्वास्थ्य बिग्रिएजस्तो अनुभूति हुने र श्वासप्रश्वास बिग्रिने लक्षण देखिएको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘रातिसम्म स्वास्थ्य चेकजाँच गरी रगतको नमुना संकलन गरिएको छ । अब रिपोर्ट आएपछि के भएको भन्नेबारे खुल्छ ।’

हाल १३ जना कैदीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको जेलर राम निरौलाले जानकारी दिए। चिकित्सकले हैजा वा भाइरल संक्रमण हुनसक्ने प्रारम्भिक आशंका व्यक्त गरेका छन्।

क्षेत्रीय कारागार झुम्कामा ब्लक ‘ए’ र ‘बी’ गरी हाल १ हजार ७९३ कैदी रहेका छन्।

कैदी संख्याको तुलनामा स्वास्थ्य पूर्वाधार र जनशक्ति अपर्याप्त रहेको भन्दै जिल्ला सुरक्षा समितिले कारागार प्रशासनलाई स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ।

Tags: #झुम्काकैदीझुम्का कारागारटाकुरा विशेषमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    551 shares
    Share 220 Tweet 138
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.