झापा : झापामा छुट्टाछुट्टै स्थानमा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
कमल गाउँपालिका–५ मा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर–८ का भोला अमात राय, भारत बिहारका आलम खान र दमक–७ का राजीव मण्डल रहेका छन् ।
त्यस्तै, मेचीनगर नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका–६ का प्रकाश विश्वकर्मा र बुद्धशान्ति गाउँपालिका–४ का अशोक विश्वकर्मालाई १ ग्राम ८५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post