झापा : लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकिएकामा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका–२ का २४ वर्षीय विजय धिमाललाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
जिल्ला अदालत झापाले धिमाललाई २०८१ साल जेठ १४ गते ५ वर्ष ९ महिना ४ दिन कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
फरार रहेका धिमाललाई प्रहरीले दमक नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो । उनलाई सजाय भुक्तानका लागि अदालतमार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post