Sunday, October 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी प्रशासनले नजरअन्दाज गर्दा रणभूमि बन्यो इटहरी, अस्तायो दुई युवकको सपना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८२
in समाचार
0
सुनसरी प्रशासनले नजरअन्दाज गर्दा रणभूमि बन्यो इटहरी, अस्तायो दुई युवकको सपना
97
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जेन–जी पुस्ताको शान्तिपूर्ण प्रदर्शन प्रशासनको लापरबाही र सुरक्षाकर्मीको ढिलासुस्तीका कारण हिंसात्मक रूप लिँदा उपमहानगरको कार्यालय जल्यो । शहर रणभूमिमा बदलियो र प्रहरीको गोली लागेर दुई युवाले ज्यान गुमाउँदा परिवारको सपना अधुरै टुट्यो।

सोमबार बिहान ११ बजेतिर बाक्लो मात्रामा भेला भएका युवापुस्ताले शान्तिपूर्ण प्रर्दशन गरिरहेका थिए । तर, इटहरी उपमहानगर गेटअघि परिचालन भएका प्रहरी र प्रदर्शनकारीबीच दिउँसो एकापसमा भेला भएका थिए ।

थोरै संख्यामा रहेका प्रहरीलाई नै ढुंगामुढा गर्दै प्रदर्शनकारी पालिकाभित्र प्रवेश गर्न खोजे । प्रहरीले केहीबेर रोक्ने प्रयास गरेपनि थोरै संख्यामा रहेका प्रहरीले भीडलाई नियन्त्रणमा लिन सकेन ।

उपमहानगरभित्र प्रवेश गरिसकेपछि प्रर्दशनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्ष र जिन्सी शाखामा आगजनी गरेका छन् ।

दिउँसो करिब ३ः३० बजेतिर आगजनी हुँदा ठूलो क्षति भएको छ । आगजनीका कारण कागजपत्र, ल्यापटप, कम्प्युटर पूर्ण रुपमा क्षति भएका छन् ।

तत्काल आगजनी नियन्त्रण गर्न कठिनाइ भएपनि साँझमा भने आगो नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी इटहरीको मुख्य चौकमा रहेको प्रतिमा पनि जलाइएको छ । साँझको समयमा उक्त प्रतिमा जलाइएको हो । यसैगरी उपमहानगरको गेटमै रहेको बहुउद्देश्यीय सहकारीको भवन पनि तोडफोड गरिएको छ ।

उपमहानगरमा आगजनी गरेपछि प्रदर्शनकारीहरू इलाका प्रहरी कार्यालयतर्फ गएका थिए । सो क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृतकमध्ये एक युवक इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् । एक युवकको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि चिकित्सकले मृत घोषित गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार ती युवकको घाँटी र छातीमा गोली लागेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रदर्शनलाई नजरअन्दाज गर्दा सो घटना भएको छ ।

‘विद्यार्थीहरूको आन्दोलन भएकै कारण प्रहरी पनि थोरै संख्यामा खटाइनु र प्रदर्शनले उग्ररुप नलिदाँसम्म बेखबरजस्तै बन्नु प्रशासनको नजरअन्दाज हो,’ एक प्रत्यक्षदर्शीले भने, ‘उपमहानगरमा भीड पसेको दुई घण्टासम्म थप सुरक्षाकर्मी परिचालन नगर्नु र आगजनीपछि गोली चलाएर सरकारले नागरिकको हत्या गरेको छ ।’

खासगरी सुनसरी प्रशासनले सुरुमै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरी भीडलाई संयमित बनाएको भए उक्त घटना नहुने उनले उदृत गरे । प्रहरीले अन्धाधुन्दा गोली चलाउँदा दुई युवकको आँखै अघि निधन भएको उनले उदृत गरे ।

अनिश्चितकालीन कर्फ्यु 

यसैबीच प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र कुमार मिश्रले अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

Tags: #इटहरी#सुनसरीजिल्ला प्रशासन कार्यालयप्रशासन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    838 shares
    Share 335 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    510 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.