सुनसरी : सुनसरीको गढी गाउँपालिका–२ र दुहबी नगरपालिका–४ मा भएको घटनामा दुईजनाको मृत्यु भएको छ ।
गढी गाउँपालिका–२, भमरीस्थित सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका साइकल यात्रु तत्काल करेन्ट लागेर मृत्यु भएको जानकारी प्रहरीलाई दिइएको थियो ।
घटनास्थलमा सडकछेउको सखुवाको रूखमा विद्युतको तार खस्दा करेन्ट लागेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गढी गाउँपालिका–१ निवासी ३० वर्षीय नसरुल मिया रहेका छन् ।
घटनापछि शवलाई पोस्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा पठाएरपोस्टमार्टम पश्चात शव बुझेर लगेको प्रहरीले जनाएको छ ।
यसैगरी दुहबी नगरपालिका–४, मलहटीस्थित टेङग्रा खोलामा करिब ५० वर्षको पुरुष मृत अवस्थामा फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा सहितको १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बेलुकी करिब ७ः२० बजे पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।













Discussion about this post