ताप्लेजुङ : ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी ९ वर्षीया याङजु शेर्पा र ९ वर्षीय मौसम लिम्बूको मृत्यु भएको हो ।
नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले पुष्टि गरे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post