झापा : झापाको कन्काई नगरपालिका–७, बिरिङ खोला छेउमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०–१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कन्काई २ बस्ने ३८ वर्षीय दिनेश कुमार थपलिया सामान्य घाइते भएका छन् भने सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय सोमनाथ दंगाल गम्भीर घाइते भएका थिए।
दुवैजनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर चालक दंगालको आइतबार बिहान करिब ६ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घाइते थपलियाको अवस्था सामान्य रहेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post