विराटनगर : विराटनगरमा पाँच दिनदेखि ठप्प पठनपाठन भदौ २९ गतेदेखि पुनः सुरु हुने भएको छ।
मोरङमा जारी निषेधाज्ञा र कर्फ्यू हटाइएसँगै विराटनगर महानगरपालिका शिक्षा प्रशासन महाशाखाले विद्यालयहरूलाई नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरेको हो।
महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले जारी गरेको सूचनामा भदौ २४ गतेदेखि विद्यालय बन्द रहँदा विद्यार्थीको अध्ययन प्रभावित भएको उल्लेख गर्दै आइतबार (भदौ २९) देखि सबै विद्यालय सञ्चालनमा ल्याउन भनिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले समेत शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको बताउँदै विद्यालय सञ्चालनमा कुनै अवरोध नरहेको स्पष्ट पारेको छ।
विद्यालय सञ्चालनको निर्णयले देशको विषम् परिस्थितिमा घरमै बस्न बाध्य विद्यार्थीलाई पठनपाठनमा फर्किने वातावरण तयार भएको जनाएको छ।













Discussion about this post