विराटनगर : जेन–जी आन्दोलनका क्रममा अवरुद्ध बनेका सडक क्रमशः खुल्न थालेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अवरुद्ध हटाउने कामलाई प्राथमिकता दिँदै नागरिकको तत्कालको कठिनाइ समाधान गर्ने पहल थालेको हो।
विराटनगरको भाटभटेनी आसपास प्रदर्शनकारीहरूले राखेका डिभाइडर र सडकमा बालिएका टायर हटाउने कामलाई ट्राफिक प्रहरीले सुरु गरेको जनाएको छ। “हाल सबै ठाउँमा पूर्ण रूपमा ट्राफिक व्यवस्थापन गर्न सक्ने अवस्था छैन, तर अवरुद्ध हटाउने र सडक सफा गर्ने कामलाई अघि बढाएका छौं,” प्रहरी निरीक्षक राजन लम्सालले भने।
उनका अनुसार हाल प्रहरीको मुख्य ध्यान सडक अवरोध हटाउनमा छ ।
सर्वसाधारणले दैनिक आवतजावतमा सहजता पाउन सक्ने उद्देश्यले नियमित ट्राफिक पोस्ट सञ्चालन तत्काल सम्भव नभएकाले प्राथमिकताका रूपमा अवरुद्ध हटाउने काम मात्र भइरहेको उनले बताए।
विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्नसमेत आग्रह गरिएको छ।














Discussion about this post