इटहरी : जेन–जी आन्दोलनको क्रममा गत मंगलबार राति झुम्का कारागारबाट भागेका एक हजार ५७५ कैदीमध्ये केहीलाई सेनाले पक्राउ गरे पनि अझै एक हजार २९७ जना कैदी फरार रहेका छन्।
जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीहरू गत मंगलबार राति कारागार प्रवेश गरी कैदीलाई भगाएको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रशासनका अनुसार मंगलबार राति साढे १० बजे ब्लक ‘बी’ बाट करिब ४५० कैदी एकैपटक भागेका थिए।
प्रहरी प्रशासन विस्थापित भइसकेकाले र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेका कारण ठूलो संख्यामा कैदी भागेका थिए।
प्रहरी र सेनाले तत्कालै खोजतलास गर्ने क्रममा भागेकामध्ये केहीलाई पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाइएको भए पनि अझै ठूलो संख्यामा कैदी फरार छन्।
जेलर सुवास कुमार लामिछानेका अनुसार अहिले कारागारमा ४९९ जना मात्र कैदी रहेका छन्। फरार भएका कैदीका आफन्तलाई सम्पर्क गरी तत्काल बुझाइदिन आग्रह गरिएको उनले बताए।
झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी कुल क्षेत्रीय कारागार झुम्कामा ब्लक ‘ए’ र ‘बी’ गरी हाल १ हजार ७९३ कैदी रहेका थिए।












Discussion about this post