इटहरी : जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन भएका इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको आइतवार अन्त्यष्टि गरिएको छ ।
गत २३ भदौमा इटहरी चोकमा भएको प्रहरी–प्रदर्शनकारी झडपमा गोली लागी श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।
आइतवार साँझ इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा उनको अन्त्येष्टि गरियो ।
अन्त्यष्टिअघि शवयात्रा इटहरी–१६ को घरदेखि चोकसम्म निकालिएको थियो । शवयात्रामा परिवार, आफन्त, स्थानीयवासी र आन्दोलनका सहभागी युवाहरूको ठूलो भीड देखिएको थियो ।
अन्त्येष्टि अघि आयोजित शोकसभामा परिवारका सदस्य, नागरिक समाजका अगुवाहरू र युवाहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । वक्ताहरूले अभिषेकको मृत्यु “राज्यको दमनकारी रवैया” को परिणाम भएकाले न्यायको माग गरेका थिए ।
स्थानीय युवाहरूले अभिषेकलाई “सहिद” घोषणा गर्नसमेत माग गरेका छन् । सोही दिन इटहरी–१४ का मोहन सदाको पनि प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
घटनापछि इटहरीमा शोकसँगै आक्रोश पनि फैलिएको छ ।
यो पनि – इटहरीका अभिषेक शनिबार साउदी उड्दै थिए, गोलीले सधैंका लागि रोक्यो यात्रा














Discussion about this post