इटहरी : सुनसरीको कोसी गाउँपालिका–१ स्थित खुनिया पुल नजिक पूर्व–पश्चिम राजमार्गमा बिहीवार भएको बस दुर्घटनामा मृतकको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय सुनील यादव र सखुवानान्कारकट्टी–३ की ४५ वर्षीया धनेश्वरीदेवी यादव रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रेर सडक छेउमा रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका १० जनाको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो पनि – सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, दुई जनाको मृत्यु, १० जना घाइते














Discussion about this post