विराटनगर : मोरङ प्रहरीले विराटनगर महानगरपालिका–८, हाटखोलाबाट ५३८ किलोग्राम लागूऔषध गाँजासहित एउटा कार बरामद गरेको छ।
शङ्कास्पद अवस्थामा रहेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार जाँच गर्दा उक्त परिमाणमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
डीएसपी हस्तबहादुर सुनारका अनुसार कार बेवारिसे अवस्थामा फेला परेको थियो। चेकजाँचका क्रममा गाँजा लोड गरिएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
कारका चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।














Discussion about this post