इटहरी : विराटनगर–४ दूध फार्म अगाडि स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश–१–०१–०१५ प २१९७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करपछि स्कुटर डिभाइडरमा ठोक्किँदा चालक गम्भीर घाइते भएका थिए।
सर्लाही नेत्रगञ्ज गाउँपालिका–७ घर भई हाल मोरङ सुन्दरहरैंचा–४ बस्ने ३० वर्षीय प्रदीपबहादुर भण्डारीको मृत्यु भएको हो। उनको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
भण्डारी ६ वर्षदेखि मोरङको सुन्दरहरैँचामा रहेको इटहरी इन्टरनेशनल कलेजमा स्टुडेन्ट सर्भिस शाखामा कार्यरत थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post