झापा : झापाको बिर्तामोड नगरपालिका–७ का ३६ वर्षीय फुर्बा तामाङको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय प्रेम कुमार राई र ३३ वर्षीय राम कुमार राई रहेका छन्।
मंगलवार बिहानको राति आफ्नै घरमा रहेका तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरिएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले हत्यामा संलग्न दुवैजनालाई घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरेको जनाएको छ। मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
हाल पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post