झापा : झापाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका ५ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका २५ वर्षीय मुस्ताज मुस्लिम र बिर्तामोड ६ का २६ वर्षीय समीर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै, इलाका प्रहरी कार्यालयले दमक नगरपालिका १ का ३३ वर्षीय हर्कबहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
उता, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले १ ग्राम ३३० मिलिग्राम ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका ११ का २६ वर्षीय वीरेन्द्र लिङ्देनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post