उदयपुर : अविरल वर्षाले उदयपुरमा एक बालिकासहित दुईको ज्यान गएको छ ।
निरन्तरको वर्षाले त्रियुगा नगरपालिका ५ मा खोलाले बगाएर ३ वर्षीया रेविका राईको मृत्यु भएको हो ।
सिन्धुलीबाट विराटनगरतर्फ आउँदै गरेको हायस माइक्रोलाई कजवेको बाढीले बगाउँदा मोरङको सुन्दरहरैँचा नगरपालिका बस्ने ४० वर्षीया मञ्जु अधिकारको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिका ४ बसाहा मेजर चौतारास्थित सरस्वती खोलाको कजवेले उदयपुरबाट सप्तरीतर्फ गईरहेको कार बगाएको छ ।
तर, त्यसमा सवार ६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण उदयपुरका अधिकांश स्थानमा सडक अवरुद्ध भएको छ ।














Discussion about this post