Tuesday, June 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

चतरा हाइकिङद्धारा जैविक विविधताको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न स्टोन स्किपिङ प्रतियोगिता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८२
in खेलकुद, समाचार
0
चतरा हाइकिङद्धारा जैविक विविधताको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न स्टोन स्किपिङ प्रतियोगिता
66
SHARES
Share on FacebookShare on Twitter

इटहरी : चतरा हाइकिङले जैविक विविधताको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न स्टोन स्किपिङ (पानी–सुल्के) प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कात्तिक ३ गते बराहक्षेत्र नगरपालिका ४ र ५ मा पर्ने अमाह सिमसारमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आइतवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिइयो ।

चतरा हाइकिङका संस्थापक भीषण राईका अनुसार युवाहरुलाई स्वस्थ रहन उत्प्रेरणा जगाउने उद्देश्यका साथ आन्तरिक पर्यटन प्रवर्द्धन गर्न स्थापना भएको उक्त संस्थाले ऐतिहासिक, पुरातात्त्विक स्थलको प्रचारप्रसार, खोज अन्वेषण र सरोकारवाला निकायलाई ती ठाउँको विकास र प्रवर्धन गर्न प्रोत्साहन गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

‘स्टोन स्किपिङ (पानी सुल्के) खेल नदी, नहर, तालतलैया, पोखरी आदिमा आधारित खेल हो,’ उनले भने, ‘खेल पर्यटनको विकासका लागि नेपालमा पहिलो पटक चतरा हाइकिङले नै प्रतियोगितात्मक रूपमा खेल खेलाउन सुरु गरिएको हो ।’

पानी सुल्के प्रतियोगिता देशकै खेलकुदको र खेल पर्यटनको क्षेत्रमा विशिष्ट आयाम हुने उनको दाबी छ । युवा खेलाडी र पारखीहरूको सहभागितामा खेलाइने खेल स्थानीय युवामाझ रुचाइएको छ ।

सप्तकोशी नदी किनारमा दशकौंदेखि अनौपचारिक रूपमा खेलिंदै आएको यो खेल प्रतियोगितात्मक रूपमा भने यसअघि नखेलाइएको बताउँदै उनले नदी किनार, तालतलैया, पोखरी आसपास बसोबास गर्ने समुदायले खेल्दै आएको बताए ।

यसअघि दुईपटक उक्त प्रतियोगिता भएको र अब तेस्रो वर्षमा प्रतियोगिता आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

राईले भने, ‘नदी, तलाउ, पोखरी वा पानीका सतहमा ढुंगा फ्याँकेर पानीमाथि तैर्‍याउने खेल नेपालको परम्परागत खेल हो । खासगरी चेप्टो र गोलाकार ढु‌ङ्गालाई पानीको सतहमा हुइँक्याएर पानीको सतहमा उक्त ढु‌ङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ ।’

अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।

‘पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको अमाह सिमसारलाई जैविक विविधता अध्ययन केन्द्रको रूपमा अमाह सामुदायिक वन उपभोक्ता समूहले अघि बढाइरहेको छ,’ स्थानीय पत्रकार नवराज विष्टले भने, ‘सिमसार क्षेत्रमा पाइने विविधतालाई अध्ययन गर्न बृहत विकास गुरुयोजना अन्तर्गत अमाह सिमसार जैविक विविधता अध्ययन केन्द्र नामकरण गरिएको र कोशी प्रदेशकै ठूलो सिमसार क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । यही ठाउँको प्रचार गर्न पनि यही स्थलमा प्रतियोगिता आयोजना गरिएको हो ।’

खासगरी उक्त पोखरी डेढ हेक्टर क्षेत्रफल (करिब २ बिघा) मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उनले बताए । पोखरीको संरक्षण र पर्यापर्यटनको नमूना अभ्यासपछि यसले राज्यको पनि ध्यान आकर्षण गरेको छ ।

यहाँ विभिन्न प्रजातिका माछा, वन्यजन्तु, चराचुरुङ्गी लगायत सिमसारमा पाइने सबै किसिमका जैविध विविधताहरूको अध्ययन गर्न सकिन्छ ।

आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्न अहिले पार्कमा विभिन्न प्रतिमा, स्ट्याच्यू, तालमा बोटिङको व्यवस्था, पिकनिक स्पट, चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

खेल क्षेत्रमा विविधता थप्नु र मुलुकको मौलिक खेललाई औपचारिक रूपमा प्रस्तुत गर्नु नै मुख्य उद्देश्य रहेको संयोजक लक्ष्मण कटवालले बताए ।

उनका अनुसार खेल पर्यटनको विकासमा टेवा पुर्‍याउन आफूहरूको भूमिका हुने उनको भनाइ छ । प्रतियोगितामा १८ वर्षदेखि माथिका पुरुष, महिला र अन्य सहभागी हुन सक्नेछन् ।

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Tags: #खेलकुद#पर्यटनचतरा हाइकिङजैविक विविधता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

मोरङ : मोरङको लेटाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

इटहरी : सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य...

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३
विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव

विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव

जेष्ठ २६, २०८३
विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

जेष्ठ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.