पाँचथर : तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
तमोर करिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका ७ अम्वेजनीमा ना २ च १६५१ नम्बरको पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलिसकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।













Discussion about this post