झापा : झापामा कहालीलाग्दो घटना भएको छ । यहाँको सिस्ने खोलामा डुबेर बिहीबार दिउँसो एकै परिवारका दुईसहित तीन जना बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–९ स्थित सिस्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर अञ्जु मगरका ७ वर्षीया छोरी सुष्मा र ९ वर्षीया स्वीकृति मगर तथा निर्मला परियारकी ११ वर्षीया छोरी रोश्री परियारको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार तीनै जना बालिकाहरू माछा मार्न भनेर खोलामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । माछा मार्ने क्रममा खोला डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post