धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तिहारका अवसरमा कात्तिक ३, ४, ५ र ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनाअनुसार सो अवधिमा अस्पतालतर्फको अन्तरंग सेवा र आकस्मिक सेवा भने यथावत सञ्चालनमा रहनेछ । तर अन्य सम्पूर्ण बहिरंग सेवा, प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने जनाइएको छ ।
सुपरभाइजर प्रदीप शाक्यद्वारा हस्ताक्षरित सूचनाअनुसार बिदा अवधिमा सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले सम्बन्धित सबैलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।














Discussion about this post