विराटनगर : झुम्का कारागारबाट फरार भएका कैदीहरू अझै नियन्त्रणमा आउन नसकिरहेको बेला तीमध्ये एक जना पुनः आपराधिक क्रियाकलापमा संलग्न भएको खुलेको छ ।
सुनसरीको झुम्का कारागारबाट भदौ २४ गते भागेका इटहरी–२ का २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल विराटनगरमा स्कुटर चोरी गरी भाग्ने क्रममा पक्राउ परेका हुन् ।
बुधबार राति करिब १०ः३० बजेतिर विराटनगर–१६ दरैयाबाट इलाका प्रहरी कार्यालय रानीको टोलीले उनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनले भनिन्, “चेकजाँचका क्रममा शंका लागेपछि स्कुटर रोकियो । कागजपत्र नहुँदा सोधपुछ गर्ने क्रममा उनी फरार कैदी भएको खुलेको हो ।”
जैसवालले विराटनगर–१ नेता चोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरी भारततिर लैजाँदै थिए । उनी यसअघि पनि मोटरसाइकल चोरी प्रकरणमा पक्राउ परेका थिए ।
जिल्ला अदालत सुनसरीले गत जेठ ३० गते उनलाई पाँच महिनाको कैद र १० हजार जरिवानाको फैसला गरेको थियो ।
सजाय भुक्तानकै क्रममा उनी अन्य कैदीसँगै झुम्का कारागारबाट भागेका थिए ।














Discussion about this post