भोजपुर : भोजपुरमा एक पुरुषलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ का ४० वर्षीय सचिन राईलाई भरुवा बन्दुकसहित मध्यपहाडी लोकमार्गस्थित हर्कटे सामुदायिक वनको आम्लाला टोलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट बारुद लोड गरेको भरुवा बन्दुक १ थान, दापसहितको खुकुरी १ थान, प्लास्टिकको झोलाभित्र धातुको छर्रा ९ वटा, धातुको सानो छर्रा ३८ थान, बारुदजस्तो कालो धुलो १६० ग्राम, सलाई २ बट्टा र निलो प्लास्टिकको टुक्रामा पोको बाँधेको केप ४ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post