इटहरी : इटहरी उपमहानगरपालिका–१३ खनारस्थित कोशी राजमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
बुधवार राति करिब ११ बजे भुश्कलुवाबाट दुहबीतर्फ जाँदै गरेको प्र. १–०४–००२प १७९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सवार मध्ये एकजनाको अवस्था गम्भीर बनेको थियो।
मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का ३० वर्षीय सुनील कुमार चौधरी रहेका छन् ।
विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेपनि उपचारकै क्रममा उनको शुक्रवार साँझ मृत्यु भएको पुष्टि गरिएको छ।
स्कुटर चालक सोही स्थान बस्ने २२ वर्षीय रुबेन चौधरी घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post