इटहरी : अविरल वर्षाले सुनसरीका किसान मर्कामा परेका छन्।
करिब एक महिनाअघि १८ असोजदेखि परेको लगातार वर्षाबाट प्रभावित भएका किसानहरू पुनः गएरातिदेखि सुरु भएको निरन्तर वर्षाका कारण दोहोरो क्षतिमा परेको बताएका छन्।
खासगरी भोक्राहा नरसिंह, इनरुवा, हरिनगर, देवानगञ्ज र बराहक्षेत्र आसपासका कृषियोग्य जमिनमा धान, मकै, तरकारी तथा नगदे मौसमी बाली डुबानमा परेका छन्। किसानका खेतमा भर्खरै पाक्न लागेको र कटनी नजिक पुगेको धान रगडिने, पलाउने तथा सिधा बोट लड्ने समस्या देखिएको स्थानीय किसानहरूले बताएका छन्।
स्थानीय कृषकहरूका अनुसार पहिलो वर्षाले क्षति भएको र अहिले पनि खेत नै पोखरीजस्तो भएकाले नगदेबालीमा क्षति भएको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार क्षतिको विवरण स्थानीय तह तथा प्राविधिक टोलीमार्फत संकलन गर्ने तयारी भइरहेको छ।














Discussion about this post