पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका १ फेदापका ६९ वर्षीय युवराज राईको हत्यामा संलग्न उनकै छोरा ३१ वर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतवार वादविवादको क्रममा आवेगमा काठको मुङ्ग्राले युवराजको शरीरका विभिन्न भागमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न सन्देशलाई घटना पक्राउ गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post