धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य चिकित्सकको सिफारिसका आधारमासमेत आफ्नो प्रयोगशाला तथा रेडियोलोजिकल जाँच सेवा प्रयोग गर्न सकिने व्यवस्था लागू गरेको छ।
प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार, बिरामीले सामान्य बाह्य बिरामी विभागमा उपस्थित भई आवश्यक कागजात र निर्देशन प्राप्त गरेपछि सम्बन्धित काउण्टरमा बिलिङ प्रक्रिया पूरा गरी केन्द्रीय प्रयोगशाला र रेडियोलोजी विभागमा जाँच गराउन सक्ने छन्।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादका अनुसार यो सुविधा स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम तथा अन्य नेपाल सरकारका सहयोगमा सञ्चालित कार्यक्रमहरूका बिरामीका लागि लागू नहुने स्पष्ट गरिएको छ।
प्रतिष्ठानले यस व्यवस्थाले बिरामीलाई सहज, छिटो र समयमै सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।














Discussion about this post