इटहरी : सीमित स्रोत र सुविधाबीच पनि नेपाली विद्यालय तहका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गर्विलो सफलता हासिल गरेका छन्।
बंगलादेशमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी नेपाली टिमले ७ स्वर्ण र २ रजतसहित कुल ९ पदक जित्दै देशको सम्मान उचो बनाएको छ।
अक्टोबर ९ देखि दुई दिनसम्म चलेको प्रतियोगितामा नेपालका ९ खेलाडीमध्ये सबैले पदक हात पारेका थिए।
उनीहरू अधिकांश विद्यार्थी स्तरका हुन् । जसले अध्ययन र खेललाई सन्तुलनमा राख्दै यो उपलब्धि हासिल गरेका हुन्।
स्वर्ण विजेतामा अस्टिन उप्रेती, रेयिन थापा, सन्दिप चौधरी, विन्दा तामाङ, खुसी विष्ट, सिल्पा श्रेष्ठ र श्याम चौधरी रहेका छन्। इटहरीका सन्दिप चौधरी र राहुल हरिजनले रजत पदक जिते।
नेपाल, बंगलादेश, भारत, श्रीलंका, भुटान र जापानका खेलाडीबीच भएको तीव्र प्रतिस्पर्धामा नेपाली टिमको प्रदर्शन सबैभन्दा प्रभावशाली रह्यो।
प्रशिक्षक सागर राउतले विद्यार्थीहरूको समर्पण र अनुशासनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिलाई बलियो बनाएको बताए ।












Discussion about this post