झापा : झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा दुई वटा मोटरसाइकल एकापसमा जुध्दा एक युवकको मृत्यु भएको छ ।
कनकाई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५प४२१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।
दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई–३ सरस्वती टोल निवासी ३४ वर्षीय दीपक सिटौलाको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post