इटहरी : इटहरी उपमहानगरपालिका–३, डाँडागाउँ टोलबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा लागूऔषध ओसारपसार भइरहेको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको टोलीले इटहरी–३ की कल्पना राईको घरमा छापा मारेको हो।
छापामार गर्ने क्रममा प्रदेश १–०२–००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा घरधनी कल्पना राई र भोजपुरको रामप्रसादराई गाउँपालिका–७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा प्लास्टिकको पोकामा राखिएको ९८ किलोग्राम छ।
पक्राउ परेकाहरूमाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।













Discussion about this post