Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दर्बिलो आत्मविश्वास भएकी झापाकी निर्मला : ‘उद्यमीहरूकी गुरुआमा’

रासस by रासस
कार्तिक २८, २०८२
in समाचार
0
दर्बिलो आत्मविश्वास भएकी झापाकी निर्मला : ‘उद्यमीहरूकी गुरुआमा’
57
SHARES
Share on FacebookShare on Twitter

झापा : हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरुकी गुरुआमा’ भनेर चिनिन्छन्।

मेचीनगर नगरपालिका–१२ निवासी उनले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाएकी छन्।

‘चुलो र भान्सामा सीमित महिला दिदीबहिनीहरुलाई आफ्नै खुट्टामा उभिन सबैभन्दा पहिला आवश्यक कुरा उद्यमशील बन्ने सीप हो’, उनी भन्छिन्, ‘पुरुषले कमाउँछन् र महिलाले त्यसमै निर्भर हुनुपर्छ भन्ने पुरातन सोचमा परिवर्तन ल्याउन मैले तालिम र उद्यमशीलताको अभियान नै चलाएको छु।’

उनी आफूले सञ्चालन गर्ने तालिम र उत्पादन हुने वस्तुमा स्थानीय स्रोतको प्रयोग गर्छिन्। मकैको खोसेला, धानको पराल, रुद्राक्षको दाना, केराको दाम्चाको रेसाजस्ता सामग्रीबाट उनी आकर्षक झोला, गुन्द्री, पिरा, चप्पल, फूल र सजावटका सामानहरु बनाउन सिकाउँछिन्।

घर वरिपरि खेर गइरहेका यस्ता कच्चा पदार्थको उपयोगबाट कलात्मक सामग्री उत्पादन हुँदा मुनाफा राम्रो पाइने र वातावरण संरक्षणमासमेत ठूलो योगदान पुग्ने उनको धारणा रहेको छ।

धुप, साबुन, सरफ, हार्पिक, फिनेललगायतका दिनहुँ घरमा काममा आउने सामान बनाउनसमेत उनले तालिम दिँदै आएकी छन्। गाउँघरमै पाइने तरकारीहरूबाट स्वादिला अचार बनाउने तालिम उनले प्रदान गर्दै आएकी छन्।

उनले यस्ता तालिम झापा जिल्लामा मात्र नभएर कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गर्दै आएकी छन्। खासगरी ग्रामीण क्षेत्रका सयौँ महिला उहाँबाट सीप सिकेर आयआर्जन गर्ने तहसम्म लाभान्वित भइसकेका छन्।

सीप सिक्ने र सिकाउने उनको यो यात्रा एकाएक सुरु भएको होइन। विद्यार्थी जीवनदेखि नै उनी धागो र कपडासँग खेल्न रुचाउँथिइन्।

वि.सं. २०५५ तिर इलाम क्याम्पसमा अध्ययन गर्दै गर्दा उनमा सामाजिक काम गर्ने र आत्मनिर्भरताका लागि आफू उदाहरण बनेर अरुलाई प्रेरित गर्ने चाहना पलाएको थियो।

२०५६ सालमा विवाह गरेर मेचीनगर आएपछि उनले २०६४ सालमा घरेलु कार्यालय झापाले आयोजना गरेको उद्यमशीलतासम्बन्धी १० दिने तालिम लिइन्। त्यही तालिमले नै उनको जीवनलाई नयाँ मोड दिएको देखिन्छ।

‘हरेक महिलाका लागि क्याम्पसमा पढ्दा र बिहे गरेपछिको अवस्थामा परिवर्तन हुन्छ’, उनी भन्छिन्, ‘मैले चाहिँ बिहे गरेपछिको अवस्थालाई जीवनको नयाँ अध्याय सुरु गर्ने अवसरका रुपमा लिएँ। पहिला आफू आत्मनिर्भर हुने र गाउँका दिदीबहिनीलाई पनि त्यही बाटोमा डोहोर्‍याउने सङ्कल्पका साथ तालिमको भरपुर सदुपयोग गरेँ। यसमा परिवारको दर्विलो साथ थियो।’

वि.सं. २०६५ मा तत्कालीन धाइजन गाउँपालिकामा सगरमाथा सामुदायिक विकास केन्द्र चन्द्रगढीले आयोजना गरेको सात दिवसीय गुडिया बनाउने तालिम लिएपछि निर्मलामा उद्यमी बन्ने सोच आयो। उनले तालिमपछि आफ्नै घरमा ‘जागरुक लघु उद्योग’ स्थापना गरिन्।

सुरुआती समयमा उनीसँग एउटा सिलाई मेसिन मात्र थियो। घरेलु कार्यालयले सहयोगस्वरुप अर्को मेसिन उपलब्ध गराएपछि उनले दुई वटा मेसिनबाट गुडिया र झोलाको व्यावसायिक उत्पादन सुरु गरिन्। सुरुसुरुमा त गाउँलेहरुले घरमै उद्योग चल्ने कुरामा पत्यार गरेका थिएनन्।

चिटिक्क परेका झोला र गुडिया उत्पादन हुन थालेपछि गाउँघरमै यसको बिक्री बढ्यो। वल्लो र पल्लो गाउँ हुँदै सहरसम्म निर्मलाको सीप र उत्पादनको चर्चा र प्रशंसा बढ्न थाल्यो। यसबाट उनको ख्याति मात्र बढेन, उहाँसँग तालिम लिन र सामान किन्न आउनेको लर्को नै लाग्न थाल्यो।

‘आफूले उत्पादन गरेको सामान बिक्री हुन थालेपछि मनोबल र उत्साह बढ्दो रहेछ’, उनले सङ्घर्षमय दिनहरु सम्झदै भनिन्, ‘एकातिर आम्दानी बढ्यो, अर्कातिर मलाई पनि सीप सिकाइदिनु भन्दै महिला दिदीबहिनी र सङ्घसंस्था धाउन थाले। बल्ल आफ्नो सपना पूरा हुन थाल्यो भनेर म झनै उत्साही भएर लागेँ।’

त्यसपछि उनी कुशल प्रशिक्षकका रुपमा प्रख्यात भइन्। सयौँ स्थानमा तालिम दिएका महिलालाई उद्योग खोलेर आफ्ना उत्पादनहरु बजार पुर्‍याउन प्रेरित गर्न थालिन्। सबैले उनलाई गुरुआमा भन्न थाले।

उनले एक दशकमा पाँच हजारभन्दा बढी महिलालाई आत्मनिर्भर बनाउने तालिम प्रदान गरेको बताइन्। उनीसँग सीप सिकेका चार सयभन्दा बढी महिलाले घरेलु उद्योग नै सञ्चालन गरिरहेका छन्। ‘घरमै बसेर थोरै लगानीमा उद्यमी बन्न सकिन्छ भन्ने कुरामा आश्वस्त तुल्याएर सीप सिकाइरहेकी छु’, उनी भन्छन्, ‘आफैँले सञ्चालन गरेको पुनःजागृति केन्द्र नामक प्रशिक्षण केन्द्र एवं घरेलु उद्योगमा २५ जना महिलालाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेकी छु। यही सफलता नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पति हो।’

वि.सं. २०७२ देखि उहाँलाई सरकारी निकायले प्रशिक्षकको रुपमा औपचारिक मान्यता दिएर तालिमहरुमा परिचालन गर्न थाल्यो।

पुनः जागृति सीप केन्द्र नामक तालिम दिने संस्था भने विसं २०७८ मा घरेलु कार्यालयमा दर्ता गराएकी थिइन्। हाल यही केन्द्रमार्फत उनको तालिम र प्रशिक्षण अभियान कोशी प्रदेशका १० जिल्लामा फैलिएको छ। मधेस प्रदेशको सिराहा र सप्तरीसम्म पनि पुगेर महिलाहरुलाई सीप सिकाउने र आत्मनिर्भर बनाउने कार्यमा लागिरहेको उनले जानकारी दिइन्।

उनले घरमै बसेर आत्मनिर्भर बन्नेखालका सीपहरुमा महिलाको आकर्षण रहेको र यसबाट महिनामै लाखौँ कमाइ गर्न सकिने बताइन्।

‘सिन्के धुपको विकल्पमा हामीले स्थानीय क्षेत्रमा खेर गइरहेका फूलपातिलाई सङ्कलन गरी धुलो बनाई बाती बनाइरहेका छौँ’, उनले भने, ‘तर स्थानीय सरकारले नीति नबनाउँदा बाहिरको सामग्रीले बजार कब्जा गरेको छ। ग्रामीण महिलाले उत्पादन गरेका वस्तुको बजारका लागि सरकारले सघाउनुपर्ने खाँचो छ।’

सीप सिक्ने इच्छा शक्ति भएका विपन्न, असहाय र अपाङ्गता भएका महिलालाई घरमै पुगेर निःशुल्क सीप सिकाउने र व्यवसायका लागि स्रोत जुटाइदिने कार्यमासमेत आफू लागिरहेको उनले बताए। कुनै पनि महिलालाई आत्मनिर्भर र उद्यमी बन्न सबैभन्दा परिवारकै साथ हुनुपर्ने उनी बताउँछिन्।

उनले सफल प्रशिक्षक र उद्यमीको रुपमा आफू चिनिनुमा पति राजु भण्डारीको साथ र सहयोग रहेको बताइन्। आवश्यक कच्चापदार्थ ल्याइदिने, बजारीकरणमा सहयोग गर्नेलगायतका काममा पतिको सहयोग रहेको उनी बताउँछिन्।

मेची उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष समेत रहेकी निर्मलाले महिला उद्यमी समिति बनाएर त्यसैमार्फत धेरैलाई तालिम, परामर्श र बजारको पहुँचको विषयमा सहयोग गरिरहेको बताइन्। महिला उद्यमशीलता अभियानमा लागेकी निर्मलाको यात्रा लोभलाग्दो र प्रेरणादायी भए तापनि यस क्षेत्रमा चुनौति र समस्याको चाङ पनि कम छैनन्।

‘हामीले उत्पादन गरेका सामाग्री राम्रा छन् तर बजार छैन,‘ उनी भन्छिन्, ‘ब्रान्डिङ गर्न सकेका छैनौं। बजारमा प्रतिष्पर्धा गर्न सजिलो छैन। राज्यले प्रोत्साहनको उत्साहजनक नीति र कार्यक्रम ल्याउन सकेको छैन।’

निर्मला स्थानीय सरकारलाई बजार विस्तारका लागि आग्रह गरिरहेको बताउँछिन्। साप्ताहिक रैथाने बजार सञ्चालन गर्नसके स्थानीय उत्पादनको बजार विस्तार हुने र उद्यमी महिलालाई राहत पुग्ने उनी बताउँछिन्। जहाँ मेला, महोत्सव लाग्छन् त्यही पुर्‍याएर आफूले उत्पादन गरेका सामग्रीको बिक्री गर्नुपर्ने कतिपय बाध्यता रहेको बताइन्।

स्थानीय सरकारसँग धेरैपटक नीति बनाएर उद्यमी महिलालाई सहयोग गर्न आग्रह गरेको बताइन्। महिलाले उत्पादन गरेका झोला नगरमा सञ्चालन हुने विद्यालयका विद्यार्थीसम्म पुग्ने हो भने पनि धेरैले रोजगार पाउने उनले बताइन्।

उनले सीप सिकाउने र सिक्ने संस्कारले बेरोजगारी घट्ने र महिलाको आर्थिक सशक्तिकरणमा मद्दत मिल्ने बताइन्। उनले धेरै महिलाले सीप सिकेर परिवार पाल्न सक्षम भएका उदाहरण दिँदै भनिन्, ‘मेरो सपना भनेकै हरेक घरका महिला सीप सिकेर आत्मनिर्भर बनुन् भन्ने हो।’

निर्मलाले प्रशिक्षण प्रदान गरेका धेरै महिला अहिले प्रशिक्षककै रुपमा काम गरिरहनु भएको छ। मेचीनगर–१३ की निर्मला खनालले उनीबाट तालिम लिएर हाल प्रशिक्षकको रुपमा काम गरिरहेको बताइन्। ‘व्याग र बुटिकसम्बन्धी तालिम दिएर निर्मला दिदीले उद्यमी बनाउनुभयो’, उनी भन्छन्, ‘जतिबेला म सङ्कटबाट गुज्रिरहेकी थिएँ, त्यसबेला उहाँले नै तालिम दिएर हौसला बढाउनुभयो। अहिले उद्यमसँगै प्रशिक्षकसमेत बनेर काम गरिरहेकी छु।’

मेचीनगरको नारी कल्याणकारी महिला विकास संस्थाकी अध्यक्ष जानुका ओलीले प्रशिक्षक निर्मला चौहान भण्डारी समाजकी प्रेरणाकी स्रोत र उदाहरणीय व्यक्तित्व भएको बताइन्। उनले असहाय र विपन्नलाई तालिम दिएर स्वरोजगार बनाउँदा सयौं महिलाहरु आत्मनिर्भर बन्न सफल भएको बताइन्।

Tags: #झापा#राससनिर्मला चौहान
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

by रासस
बैशाख १७, २०८३
0

झापा : कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक...

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1509 shares
    Share 604 Tweet 377
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    647 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.