धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २९औँ वार्षिक वैज्ञानिक कार्यक्रम आयोजना गरेको छ ।
जेन–जी आन्दोलनका कारण केही महिना स्थगित भएको कार्यक्रम यस वर्ष ढिलोगरी सम्पन्न गरिएको हो।
अनुसन्धानमार्फत शिक्षा र स्वास्थ्यसेवा रूपान्तरण भन्ने सन्देशसहित सुरु भएको कार्यक्रमको प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्विट्जरल्याण्डको जेनेभा विश्वविद्यालयका प्रा. लौरेन्ट स्पार प्रमुख वक्ता रहेका थिए। उनले पोर्टल शिरा अवरोध विषयमा विशेष सम्भाषण प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. सूर्य प्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद, डीन प्रा. डा. कृष्णा पोखरेलसहित विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीको उल्लेख्य सहभागिता थियो।
उद्घाटन कार्यक्रम प्रतिष्ठानको अडिटोरियममा सम्पन्न भएको हो।
तीन दिनसम्म चलेको कार्यक्रममा ११३ वटा मौलिक अनुसन्धान, ५१ वटा केस रिपोर्टसहित १६४ वटा सारांश प्रस्तुत गरिएका थिए। तीमध्ये ७४ जनाले पोस्टर प्रस्तुति र ९० जनाले मौखिक प्रस्तुति गरेका थिए।
प्रस्तुतकर्तामध्ये २६ जना शिक्षकरलेक्चरररसिनियर रेसिडेन्ट, १२५ जना स्नातकोत्तर तथा १३ जना स्नातक विद्यार्थी थिए।













Discussion about this post