इलाम : इलाममा घरमा आगलागी हुँदा जलेर ३२ वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–६ निवासी ३२ वर्षीया सिर्जना राई रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीका अनुसार मंसिर १८ गते राति घरमा आगो लाग्दा सिर्जनाको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो ।
स्थानीय र प्रहरीले उद्धार गरी उनलाई तत्काल इलाम अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
आगलागीमा परी उनका पति सन्तोष राई पनि घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
घरको चुह्लोमा आगो सल्काउन पेट्रोल प्रयोग गर्दा घरमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














Discussion about this post