Tuesday, May 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना

रासस by रासस
मंसिर २७, २०८२
in समाचार
0
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना
60
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ ।

भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

वडाको रु ६ लाख र प्रदेश सरकारको रु १० लाख गरी कूल रु १६ लाखमा यहाँ दुईतिरबाट बारा (रेलिङ) सहितको पदमार्ग, धारा, शौचालय र वनभोज स्थल निर्माण गरिएको छ ।

“हामी काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दैछौँ”, वडाध्यक्ष तामाङले भने “यो स्थान सुन्दर मात्र होइन, सदरमुकाम नजिक भएकाले पर्यटकलाई आकर्षित गर्ने धेरै सम्भावना छ, त्यसैले उपलब्ध स्रोतसाधनले भ्याएसम्मका संरचना तयार गरेका छौँ ।”

यसवर्ष थप संरचना निर्माणका लागि वडाले रु एक लाख ५० हजार विनियोजन गरेको छ ।

काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना र दुईतिरबाट बारा राखेर सुरक्षित पैदलमार्ग बनाउने योजना रहेको वडाध्यक्ष तामाङले बताए । बजेट अभावका कारण केही काम अधुरो रहेको उनको भनाइ छ ।

काफ्ले डाँडाबाट भोजपुर बजार, आसपासका बस्ती, हरियाली वनक्षेत्र तथा टाढासम्मका हिमश्रृङ्खलासमेत अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमासमेत घुमफिर तथा फोटो खिच्न आउनेको सङ्ख्या बढ्दो छ ।

विशेषगरी बिदाका दिन, नयाँ वर्ष तथा फूल फुल्ने मौसममा यहाँ आगन्तुकको चहलपहल उल्लेख्य रूपमा देखिने गरेको स्थानीयले बताएका छन् ।

पर्यटन व्यवसायीले यस क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने अपेक्षा राखेका छन् ।

Tags: #पर्यटन#भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना
FEATURE BREAKING

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा भइरहेको हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली कोशी प्रदेशतर्फ सरेको मौसम विभागले जनाएको छ। मौसम...

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’
FEATURE BREAKING

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले बाढी तथा डुबानको समस्या रोक्न पानीको प्राकृतिक बहाव अवरुद्ध...

भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

मोरङमा करेन्ट लागेर एक महिलाको निधन

बैशाख २१, २०८३
पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

बैशाख २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

बैशाख २१, २०८३
सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

बैशाख २१, २०८३
भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1551 shares
    Share 620 Tweet 388
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    620 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.