उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जंगली हात्तीले गाउँ पसेर दु:ख दिन थालेको छ ।
रातका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यान्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् ।
श्यामनारायण चौधरीका अनुसार गत शनिबार राति मात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो ।
यसैगरी, पर्शुराम हुजदारले आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिए । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उनको भनाइ छ ।
हात्ती रातको समय गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको सीताराम चौधरीले बताए ।














Discussion about this post