झापा : झापामा जङ्गली हात्तीको आक्रमणमा परी बिहीबार (आज) एक जनाको मृत्यु भएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका ४, बाहुनडाँगीमा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुने पुरुषको तत्काल नाम, थर, वतन खुलेको छैन ।
नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसंँग जम्काभेट भएपछि हात्तीले आक्रमणमा गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post