२० जना हिमाल आरोही तथा ट्रेकिङ गाइड महिलाहरूको समूह माउन्टेन लिडरसीप तालिमका लागि ५ हजार ८ सय ९६ मिटर अग्लो पाल्दोर हिमालतर्फ तलिमका लागि प्रस्थान गरेका छन् ।
नेपाल हिमाल नै हिमालको देश भनेर विश्वमा चिनिएकोले महिलाहरूले पनि हिमाल आरोहणका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने आत्मविश्वास विकास गराउन र उनीहरूको आरोहण तथा गाइड गर्ने सीप र क्षमता विकास गराउनका लागि उनीहरूलाई यो तालिमको आयोजना गरिएको आयोजक संस्थाहरूले बताएका छन् ।
गोरखा जिल्लामा पर्ने मनास्लु, लाङटाङ तथा लिरुङहिम श्रृङ्खलामा पर्ने पाल्दोर हिमालमा महिलाहरूले तालिम गर्नेछन् ।
ट्रेकिङ तथा तालिमका लागि अति उपयुक्त मानिएको पाल्दोर हिमालमा सगरमाथा आरोही, ट्रेकिङ गाइड, मनास्लु, मकालुजस्ता हिमाल आरोहण गरिसकेका व्यावसायिक महिलाहङले लिरुङ हिमश्रृङ्खलाका दृष्यहरू अवलोकन गर्दै प्राविधिक ज्ञान र सीप सिक्ने सहभागी महिलाहरूले बताएका छन् ।
फुरा दिकी शेर्पाको नेतृत्वमा तालिममा सहभागी हुँदै गरेको टोलीले आरोहण र हिमाली क्षेत्रमा महिलाहरूको नेतृत्वदायी
भूमिका र आरोहणका नयाँ ज्ञान र सीप सिक्ने बताइएको छ ।
विश्वमा सबै भन्दा धेरै हिमाल भएको देशको रूपमा नेपाल चिनिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वमा ८ हजार मिटर माथिका २० हिमालमध्ये १४ वटा हिमाल नेपालमा नै छन् ।
त्यस्तै, नेपालमा ७ हजार मिटर माथिका ९० वटा, ६ हजार मिटरमाथिका ४१४ वटा र ५ हजार मिटरमाथिका १ हजार २ सय ३३ वटा भन्दाबढी हिमाल रहेका छन् ।
करिब ३ सय वटा हिमाल अझै नामाकरण हुनै बाँकी छ । तर यी सबै हिमाल आरोहणका लागि भने खुल्ला गरिएको छैन ।














Discussion about this post