Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय भोजपुर

रासस by रासस
पुस ५, २०८२
in विविध, समाचार
0
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय भोजपुर
59
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुर नगरपालिका–९ नं. वडा कार्यालय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ ।

वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाको दिगो संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले योजनाबद्ध पहल थालेको हो ।

स्थानीय संस्कार, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले ऐतिहासिक तथा धार्मिक क्षेत्रको पूर्वाधार विकासमा निरन्तर काम भइरहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार वडाभित्र रहेको भोजपुरकै प्रसिद्ध शिद्धकाली मन्दिर, बज्रयोगिनी मन्दिर, कैलाश डाँडा, पेमा छ्योलिङ बौद्ध गुम्बा तथा हिमालयण महायानी विश्व शान्ति बौद्ध गुम्बालगायतका धार्मिक स्थलको संरक्षण तथा विकासका लागि वडाले आन्तरिक बजेट विनियोजन गरी आवश्यक सहयोग गर्दै आएको छ ।

सदरमुकामसँग प्रत्यक्ष जोडिएको वडा भएकाले यहाँका धार्मिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

“हाम्रो वडामा धेरै महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन्,” वडाध्यक्ष तामाङले भने, “यी सम्पदालाई धार्मिक पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो । वडाको क्षमताअनुसार बजेट व्यवस्थापन गरेर क्रमशः आवश्यक पूर्वाधार निर्माण र संरक्षणको काम गरिरहेका छौँ ।”

त्यससँगै स्थानीय परम्परा र संस्कृति जगेर्नाका लागि बस्नेत समुदायको देवालीथान संरक्षण, भोजन कृतनस्थल निर्माण, शेर्पा तथा तामाङ समुदायका लागि समाधिस्थल संरक्षणलगायतका कार्यसमेत सम्पन्न गरिएको छ ।

सबै जातजाति र समुदायको अपनत्व हुने गरी वडास्तरबाट सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन भइरहेको वडाध्यक्ष तामाङले बताए।

वडाले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणसँगै प्रचार–प्रसारलाई प्राथमिकतामा राखेको जनाएको छ । यी सम्पदाको व्यवस्थित संरक्षण र प्रवर्द्धनसँगै धार्मिक पर्यटनको विकास हुने र त्यसले स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा वडाले लिएको छ ।

स्थानीय मेला, पर्व, धार्मिक कार्यक्रम तथा सञ्चारमाध्यममार्फत ती क्षेत्रको पहिचान बढाउने प्रयास भइरहेको छ । यसले आगामी दिनमा धार्मिक पर्यटन प्रवर्द्धन भई स्थानीय व्यापार, होटल व्यवसाय तथा साना उद्यममा सकारात्मक प्रभाव पर्ने वडाको भनाइ छ ।

स्थानीयवासीले पनि धार्मिक सम्पदाको संरक्षणमा सक्रिय सहभागिता जनाइरहेका छन् । संरक्षणका कार्यमा श्रमदान, आर्थिक सहयोग तथा सामुदायिक निगरानी बढ्दै गएको स्थानीयको भनाइ छ ।

यसरी समुदाय र स्थानीय सरकारको सहकार्यमा अघि बढाइएका संरक्षणका प्रयासले काफ्लेलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने विश्वास लिइएको छ ।

Tags: #भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    374 shares
    Share 150 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.