Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

रासस by रासस
पुस ६, २०८२
in भिजिट नेपाल, विविध, समाचार
0
धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भएको छ ।

धार्मिक पर्यटन प्रवर्द्धन गरी धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने लक्ष्यसहित बौद्धस्तूप निर्माण गरिएको हो ।

सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिए ।

काठमाडौँस्थित बौद्धनाथ स्तूपको शैली र आकारलाई आधार मानेर बौद्धस्तूप निर्माण गरिएको हो ।

खोलुखुम्बु क्षेत्रबाट दक्ष कालीगढ ल्याएर काम सम्पन्न गरिएको वडाध्यक्ष माङ्पाहाङ्गले बताए । यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका साथै बौद्ध धर्मावलम्बी समुदायलाई लक्षित गरी स्तूप निर्माण गरिएको उनको भनाइ छ ।

“धार्मिक तथा प्राकृतिक सम्भावना भएकाले पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आयस्तरमा सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले राखी स्तूप निर्माण गरेका हौँ”, वडाध्यक्ष माङ्पाहाङ्गले भने, “पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । स्तूप निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।”

पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए ।

उनका अनुसार स्तूपसँगै यहाँ सिँढीसहित पदमार्गसमेत निर्माण गरिएको छ । चालु आर्थिक वर्षभित्र प्रदेश सरकारबाट प्राप्त रु तीन लाख बजेटमा अर्को सानो स्तूपसमेत निर्माण गर्ने योजना रहेको उनले बताए ।

निर्माण भएको स्तूप २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार राईले जानकारी दिए ।

वडाको पहलमा निर्माण भइरहेका भौतिक संरचनाले पाँचधारे क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

“टेम्केमैयुङ गाउँपालिका कृषि र पर्यटन दुवै दृष्टिले प्रशस्त सम्भावना रहेको क्षेत्र हो”, उपाध्यक्ष राईले भनिन्, “स्थानीयवासीको जीविकोपार्जनसँग कृषि र पर्यटनलाई जोड्ने हाम्रो लक्ष्य छ ।”

Tags: #भिजिट नेपाल#भोजपुर#राससबौद्धस्तूप
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
भिजिट नेपाल

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

by रासस
बैशाख ५, २०८३
0

ताप्लेजुङ : जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 
FEATURE BREAKING

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

इटहरी : सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २...

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा काँचो केरासहित चार जना नियन्त्रणमा

बैशाख ५, २०८३
इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1253 shares
    Share 501 Tweet 313
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.