Friday, April 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरमा जग्गा सरकारीकरण नगरिँदा स्थानीय बासिन्दा दोहोरो मारमा

रासस by रासस
पुस ७, २०८२
in विविध, समाचार
0
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुर बजार ।

59
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरमा वर्षौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा सरकारीकरण नगरिँदा स्थानीय बासिन्दा दोहोरो मारमा परेका छन्।

एकातिर विकासका लागि आफ्नो खेतबारी सुम्पिएका नागरिकले अर्कोतिर त्यही प्रयोग गर्न नपाउने जग्गाको समेत निरन्तर मालपोत र कर तिर्नुपर्ने बाध्यता छ।

सडक बनेपछि कानुनतः उक्त जग्गा राज्यको स्वामित्वमा जानुपर्ने भए पनि लगत कट्टाको प्रक्रिया अघि नबढ्दा नागरिकहरू अनावश्यक आर्थिक र कानुनी झन्झट खेप्न बाध्य छन्।

भोजपुर नगरपालिका–६ का कमल तामाङ जस्ता धेरै किसानको गुनासो एउटै छ, ‘धनीपुर्जामा नाम आफ्नो छ, तर जग्गामा सडक दौडिन्छ।’

आफ्नो दुई हलको मेलो हुने जग्गा सडकमा परेपछि उब्जनी त रोकियो नै, तर त्यसको कर भने आजसम्म तिरिरहनु परेको छ।

नापी र मालपोत कार्यालयको अभिलेख नसच्चिँदा जग्गा किनबेच गर्न, बैंकमा धितो राख्न वा नामसारी गर्न समेत निकै कठिन भइरहेको छ। कतिपयले त कर नतिरेको भन्दै उल्टै जरिवाना र ब्याज समेत बुझाउनु परेको छ।

जिल्ला नापी कार्यालयका अनुसार हालसम्म भोजपुर–लेगुवा मध्यपहाडी लोकमार्गको मात्रै लगत कट्टाको काम सकिएको छ।

भोजपुर–दिङ्ला सडकको प्रक्रिया बल्ल सुरु भएको छ भने अन्य ग्रामीण सडकहरूको अवस्था उस्तै छ।

स्थानीय तह, नापी र मालपोतबिच समन्वय अभाव हुँदा यो समस्या थप जटिल बनेको हो।

यद्यपि, पौवादुङमा गाउँपालिकाले भने केही मुख्य सडक खण्डको लगत कट्टा सम्पन्न गरेर बाँकी क्षेत्रमा सर्भे सुरु गरेको जनाएको छ।

सडक विस्तारसँगै अनिवार्य रूपमा जग्गा सरकारीकरण र कर समायोजन हुनुपर्नेमा सरकारी निकायको लापरबाहीले दशकौँसम्म फाइल अघि बढेका छैनन्।

विकासका नाममा नागरिकले व्यहोर्नुपरेको यो अन्यायपूर्ण आर्थिक भार हटाउन र कानुनी हैसियत स्पष्ट पार्न स्थानीयले जोडदार माग गरेका छन्।

Tags: #भोजपुर#रासस#सडक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा
FEATURE BREAKING

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८३
0

इटहरी : १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ । बिहीबार...

दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३
विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1227 shares
    Share 491 Tweet 307
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    462 shares
    Share 185 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    384 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.