इटहरी : दोस्रो तरहरा गोल्डकपको बुधवारको खेलमा पञ्चायन फुटबल क्लब रामधुनीलाई हराउँदै केराबारी फुटबल क्लब फाइनलमा पुगेको छ ।
बुधवारको पहिलो सेमिफाइनल खेलमा पञ्चायनलाई १–० गोल अन्तरले पराजित गदै केराबारी फाइनलमा पुगेको हो ।
पहिलो आफको ३१ औ मिनेटमा केराबारीका कप्तान प्रवेश बस्नेतले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
बिहीबारको अन्तिम सेमिफाइनल खेलमा पानबारी फुटबल क्लब धरान र खारखोला फुटबल क्लब वराहक्षेत्रबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । गोल्डकप १२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता तरहराको बहुभाषी खेलमैदानमा आयोजना भइरहेको छ ।
प्रतियोगितालाई योङ्ग ब्वाइज फुटबल क्लब तरहराले आयोजना गरेको हो ।













Discussion about this post