Saturday, February 7, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

‘अनेकतामा एकता, तरहराको विशेषता’ कार्यक्रम सम्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १०, २०८२
in विविध, समाचार
0
‘अनेकतामा एकता, तरहराको विशेषता’ कार्यक्रम सम्पन्न
73
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० ले “अनेकतामा एकता, वडा नं. २० तरहराको विशेषता” भन्ने सन्देशसहित एक कार्यक्रम भएको छ।

वडाध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम तरहरामा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियोे ।

कार्यक्रमअन्तर्गत बिहान तरहरा बजार परिक्रमा गरिनुका साथै सगरमाथा खेलमैदानमा १२ वटा जातजातिको सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो।

सहभागी जातजातिलाई जनही पाँच हजार रुपैयाँ, नगर प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले तरहरामा विभिन्न भाषा, धर्म र संस्कृतिका समुदायको सहअस्तित्व रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तरहराको बहुसांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने बताए ।

उनले सामाजिक सद्भाव, आपसी सम्मान र संस्कृतिको संरक्षण कार्यक्रमको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

नगर प्रमुख पौडेलले इटहरी–२० ले विभिन्न जातजातिलाई समेटेर आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमले सामाजिक एकता र समावेशितालाई बल पुग्ने धारणा राखे ।

सोही अवसरमा तरहरावासी फरक क्षमता भएका सुवास राई (विशाल), खेलकुद क्षेत्रमा सुशीला राई, कलाकारितातर्फ आश्मा विश्वकर्मा, वन्यजन्तु तथा फोटोग्राफी क्षेत्रमा निशान पराजुली शर्मा र नितेन मोक्तानलाई प्रमाणपत्र, खादा तथा सम्मान पत्र प्रदान गरियो ।

वडा सदस्य तथा कार्यक्रम संयोजक तनुज गुरुङ (सुरेश)ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा उपप्रमुख संगीता कुमारी चौधरी, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराई, प्रहरी उपरीक्षक केशवकुमार थेवे, सशस्त्र प्रहरी उपरीक्षक निर्माणकुमार थापा, इटहरीका २० वटै वडाका वडाध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा जातजातिका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Tags: #तरहरामणिराम श्रेष्ठ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा
समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले शुक्रवार भगवतीदल गण, इटहरी ब्यारेकमा कार्यरत नेपाली सेनाका ३६...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

झापा : झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको...

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पुल

खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट : दशकअघि शिलान्यास गरेको पुल निर्माण अझै सकिएन, भर्खर स्ल्याब ढलान सुरु

माघ २३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा ‘सिरिन्ज’ आक्रमण हुँदा एकको ज्यान गयो

माघ २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

माघ २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

माघ २३, २०८२
कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    231 shares
    Share 92 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.