Saturday, April 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

उदयपुरमा हात्ती गाउँमा प्रवेश, १२ भन्दा बढी घरमा क्षति

रासस by रासस
पुस १०, २०८२
in विविध, समाचार
0
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

सांकेतिक तस्वीर । तस्वीर स्रोत : गुगल ।

76
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।

आइतबारदेखि गएरातिसम्म त्रियुगा–५ बागचौरी, त्रियुगा–६ मोहनपुर र लालपता, त्रियुगा–७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको हो ।

सोमबार रातिमात्र करिब ७० वटाको समूहमा आएका हात्तीले नगरका वृहस्पति सदा, विष्णु भुजेल, मोहन कार्की, रुद्र पोखरेललगायत स्थानीयको घर भत्काएको छ ।

मंगलबार राति समूहमा आएका हात्तीले वडा नं ६ मोहनपुरका बिन्दा कार्की, राज कार्कीलगायत स्थानीयको घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

वडा नं ६ को लालपता र वडा नं १ को जोगीदह क्षेत्रमा हात्तीले घरमा राखिएको अन्न खानुका साथै घर भत्काएर क्षति पुर्‍याएको स्थानीय देवीलाल चौधरीले बताए ।

रातिको समयमा ७०–७५ जतिको समूहमा हात्ती आउने, गाउँमा प्रवेश गरी अन्न खाने, घर भत्काउनेलगायत उपद्रो गर्न थालेपछि सुरक्षाका लागि स्थानीय राति आगो तापेर बस्न थालेका त्रियुगा–६ मोहनपुरका कृष्ण कार्कीले बताए ।

‘कतिपय स्थानीयको घर पूर्ण रूपमा क्षति भएका छन् घने कतिपयका आंशिक क्षति भएका र भत्किएका छन्,’ उनले भने ।

हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयले रातिको समयमा सावधानी अपनाउन, सुरक्षित स्थानमा समूह बनाएर बस्न स्थानीयलाई आग्रह गरेको छ ।

प्रहरीले ‘माइकिङ’ गरी स्थानीयलाई सचेत भई आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए ।

‘हात्तीलाई तर्साएर भगाउन मात्र सकिने भएकाले समूहमा बसेर हात्ती भगाउन आग्रह गरिरहेका छौँ । प्रहरीले पनि स्थानीयसँगको समन्वयमा गाउँमा हात्ती प्रवेश गर्न नदिन रातिको समयमा गस्ती गर्ने योजना बनाएको छ,’ उनले भने ।

Tags: #उदयपुर#रासस#हात्तीक्षतिमावन–हात्ती द्वन्द्व
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
FEATURE BREAKING

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1391 shares
    Share 556 Tweet 348
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    627 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.