विराटनगर : कोशी प्रदेश सरकारको शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेको छ।
त्यस्तै, कोशी जनता आवास कार्यक्रम कार्यविधिलाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषदको बैठकमा पेश गर्ने निर्णय भएको छ ।
त्यस्तै, सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२ लाई स्वीकृत गर्ने निर्णयसमेत गरिएको छ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भई आएका सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा कामकाजमा खटाउने निर्णय समेत गरेको मन्त्री भण्डारीले जानकारी दिए ।














Discussion about this post