Sunday, September 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा काव्य डबलीको पहिलो श्रृङ्खला, स्वस्फूर्त साहित्यिक पहल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १५, २०८२
in कला साहित्य, समाचार
0
इटहरीमा काव्य डबलीको पहिलो श्रृङ्खला, स्वस्फूर्त साहित्यिक पहल
93
SHARES
Share on FacebookShare on Twitter

इटहरी : व्यस्त सहरको दैनिक जीवनबीच, इटहरीले साहित्यिक गतिविधिमा नयाँ आयाम थपेको छ। मंगलवार साँझ सम्पन्न पहिलो काव्य डबलीमा १३ जना कविहरूले आफ्नो कविता प्रस्तुत गर्दै सांस्कृतिक चेतना जगाए।

साँझ ५ः३० बजे नाट्यकर्मी सोनु जयन्तीले कविशिरोमणि लेखनाथ पौड्यालका कविताका हरफ वाचन गर्दै कार्यक्रम सुरू गरे।

विवश पोखरेलले ‘नकचराहरूको नाममा,’ पुरुण याख्याले ‘पाना खाली नै छ,’ गोपाल देवानले ‘लाल अञ्जान जी,’ मुकुन्द प्रयासले ‘भ्रमको महाकाव्य,’ सुदीप पाख्रिनले ‘बोध,’ केजी सुब्बाले ‘आम्रपाली,’ शीर्षकको कविता प्रस्तुत गरे।

यसैगरी टीका आत्रेयले ‘खोज,’ सीमा आभासले ‘स्मृति,’ करुणा राईले ‘नफर्किएको बादल,’ बद्री भिखारीले ‘हिँड्दाहिँड्दै,’ प्रज्वल पराजुलीले ‘एक थोपा पानी,’ मनु मञ्जिलले ‘पहाड र पहिरो’ र देवान किरातीले ‘सत्चालिस लाख लासहरू’ शीर्षकको कविता प्रस्तुत गरे।

संगीत संयोजन प्रकाश घिमिरेले गरेका थिए। आयोजकका अनुसार कार्यक्रम कुनै संस्था वा व्यक्ति विशेषको नभई स्थानीय कवि–लेखकहरूको स्वस्फूर्त पहलमा सञ्चालन गरिएको हो।

कवि मनु मञ्जिलले कविता समाजमा हृदयको प्रतिनिधित्व भएको बताए। कविता, कथा, गीत तथा नाटकले समाजको सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उनले उदृत गरे।

मञ्जिलले भने, ‘जुन समाजमा कविता छैन, त्यो हृदय नभएको मानिसजस्तै हो। मानिससँग धन, पद र शक्तिले जतिसुकै ठूलो भएपनि जोसँग हृदय छैन, त्यो मानिस खासै उच्चस्तरको मानिस होइन, समाज पनि त्यस्तै हो।’

कथा, निबन्ध, गीत, नाटक र सिनेमा निर्माण हुनु कुनै सुन्दर काव्यजस्तै रहेको उनले बताए।

उनले थपे, ‘कविता ध्यान हो। ध्यानको अनुभूति गराउनका निम्ति पनि यो कार्यक्रमले बल दिनेछ।’

इटहरीमा आगामी हरेक दुई–दुई महिनामा काव्य डबलीलाई श्रृङ्खलाबद्ध रूपमा सञ्चालन गर्ने योजना रहेको छ।

शीतलहर र हुस्सुका बाबजुद पनि इटहरीमा काव्य डबलीको पहिलो श्रृङ्खला सम्पन्न भएसँगै यस किसिमको पहलले सहरमा साहित्य र सांस्कृतिक जीवनको पुनःजीवन सुरु गर्न सक्ने सम्भावना देखिएको छ।

खासगरी स्वस्फूर्त रूपमा सुरू भएको साहित्यिक पहलले सहरलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास गरिएको छ।

Tags: #साहित्यकविताकाव्य डबलीमनु मञ्जिल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
FEATURE BREAKING

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
FEATURE BREAKING

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.