Saturday, February 7, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न मक्कर मेला आयोजना गरिने

रासस by रासस
पुस २०, २०८२
in विविध, समाचार
0
भोजपुर : पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न मक्कर मेला आयोजना गरिने
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्ने उद्देश्यले मक्कर मेला आयोजना गरिने भएको छ ।

पर्यटकीयस्थल भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको जनाउँदै स्थानीयवासी यसको संरक्षण र प्रचारमा जुटेका हुन् ।

प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि आगामी माघ १ गते मेला आयोजना गर्न लागिएको हो ।

गोल्मे राजा र गोल्मे रानी भिरको काखमा अवस्थित उक्त स्थलको संरक्षण र प्रवर्द्धनमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका छन् ।

ढुङ्गाको कापबाट उम्रिएका तीनवटा ठूला पानीका मुहान रहेको यस स्थानमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजनहरूको आगमन हुने गरेको गोल्मे, गङ्गा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिए ।

उनका अनुसार यस स्थललाई मेला–महोत्सवमार्फत चिनाउने उद्देश्यले विगतका वर्षदेखि नै मक्कर मेलाको आयोजना हुँदै आएको छ ।

यहाँको पानीमा स्नान गर्दा विभिन्न छालासम्बन्धी रोग निको हुने तथा धार्मिक कर्मकाण्डमा चढाउने प्रचलन रहेको उनले बताए । माघे सङ्क्रान्तिका अवसरमा यहाँ परम्परागत रूपमा भव्य मेला लाग्ने गर्दछ ।

“गङ्गा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिकस्थल हो”, अध्यक्ष राईले भने, “गोल्मे राजा र गोल्मे रानी भिरको काखमा रहेको यो स्थान प्रचारप्रसार तथा संरक्षण अभावमा ओझेल परेको छ । यस स्थलका विविध विशेषता र पौराणिक महत्व उजागर गर्न मक्कर मेला आयोजना गरेका हौँ । यसको विकासका लागि प्रचारप्रसार गर्नु हाम्रो मुख्य लक्ष्य हो ।”

धार्मिक तथा पर्यटकीय क्षेत्र गङ्गा खोलाको आफ्नै विशिष्ट महत्व रहेकाले वडाले यसको विकाससँगै प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचार्यले बताए । उनका अनुसार गङ्गा खोलाका सबै मुहान कहिल्यै नसुक्ने, वर्षायाममा पनि पानी धमिलो नहुने र मुहान दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले यसको धार्मिक र प्राकृतिक महत्व अझ बढेको छ ।

“हाम्रो वडामा रहेको गङ्गा खोला अनौठो प्रकृतिको धार्मिक पर्यटकीय क्षेत्र हो”, वडाध्यक्ष आचार्यले भने, “तर अझै ओझेलमै छ । त्यसैले विगतका वर्षझैँ यस वर्ष पनि प्रचारप्रसारका लागि मक्कर मेला आयोजना गरेका छौँ ।”

यस क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने स्थानीयवासी पाण्डव राईले बताए ।

“गङ्गा खोला अनौठो र आश्चर्यजनक प्रकृतिको पवित्र धार्मिकस्थल हो”, उनले भने, “स्थलगत अवलोकन गर्दा यहाँको भूबनोटले चकित बनाउँछ । तर अहिलेसम्म यस स्थानको समुचित संरक्षण र प्रचार हुनसकेको छैन ।”

हाल स्थानीयवासी मक्कर मेलाको तयारीमा जुटेका छन् । मेलाका अवसरमा जिल्लाका विभिन्न स्थानबाट श्रद्धालु तथा पर्यटकको ठूलो जमघट हुने गरेको राईले जानकारी दिए ।

Tags: #पर्यटन#भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा
समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले शुक्रवार भगवतीदल गण, इटहरी ब्यारेकमा कार्यरत नेपाली सेनाका ३६...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

झापा : झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको...

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पुल

खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट : दशकअघि शिलान्यास गरेको पुल निर्माण अझै सकिएन, भर्खर स्ल्याब ढलान सुरु

माघ २३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा ‘सिरिन्ज’ आक्रमण हुँदा एकको ज्यान गयो

माघ २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

माघ २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

माघ २३, २०८२
कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    231 shares
    Share 92 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.